
काठमाडौं, साउन २ । नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपाल प्रालिले कोरोनाविरुद्ध लड्न सातओटै प्रदेशलाई एक करोडको दरले सात करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
कम्पनीले प्रदेश नम्बर–५, वाग्मती र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई एक/एक करोडको चेकसमेत हस्तान्तरण गरेको छ ।
अन्य प्रदेशमा पनि मुख्यमन्त्रीलाई छिट्टै सहायता रकम हस्तान्तरण गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।
आर्थिक सहयोगबाट कोरोनाभाइरसविरुद्ध लड्न हरेक प्रदेशलाई थप प्रेरणा र ऊर्जा मिल्ने विश्वास कम्पनीको छ ।
आगामी दिनहरुमा समेत यस्ता सहयोगहरु निरन्तर गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्