
काठमाडौं, साउन २ । जेठ महिनामा विप्रेषण आप्रवाह ३ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारेको प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ को ११ महिनाको तथ्यांकअनुसार जेठ महिनामा ३ प्रतिशतले कमी आइ सात खर्ब ७४ अर्ब कायम भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसै अवधिमा खाद्य तथा पेयपदार्थ तथा गेडागुडी तथा फलफूलको मूल्यवृद्धि भएको छ ।
यस अवधिमा उपभोक्ता मुद्रास्फीति ४.५४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ६.१६ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७६/०७७ को ११ महिनामा कुल वस्तु निर्यात ०.२ प्रतिशतले वृद्धि भइ ८८ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १९.४ प्रतिशतले वृद्धि भएको थियो ।
वस्तुगत आधारमा यो वर्ष पाम तेल, आयुर्वेदिक औषधि, प्लास्टिकका भाँडालगायतका वस्तुको निर्यात बढेको छ भने तार, धागो, गलैंचा, तयारी पोसाकको वस्तुको निर्यात घटेको छ ।
प्रतिक्रिया दिनुहोस्