१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


४७ जना थपिए, गण्डकीमा कोरोना संक्रमितको संख्या १,२७८ पुग्यो


0
Shares

mask corona dadeldhura

प्रदीप पौडेल (इमेज)

पोखरा, साउन २ । गण्डकी प्रदेशमा ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार बिहान गण्डकीका लमजुङ, नवलपरासी र तनहुँ गरी तीन जिल्लाका थप ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

नवलपरासीका १८, तनहुँका सात र लमजुङका २२ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमितलाई सम्बन्धित जिल्लाको ‘आइसोलेसन’मा लगिएको निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय ७८ पुगेको छ ।