
काठमाडौं । नेकपाको सचिवालय बैठक आज वस्ने भएको छ । नेकपाको विवाद समाधान प्रयासका लागि सचिवालय वैठक वस्ने लागेको हो ।
आज(शनिबार) दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक आइतवारसम्मका लागि स्थगित गरी सचिवालय बैठक बोलाउन सहमत हुनुभएको हो ।
असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको राजीनामा माग्नु भएको छ ।
तर प्रधानमन्त्री ओली दुवै पद नछाड्ने अडानमा हुनुहुन्छ । पार्टीभित्रको किचलोका कारण असार १६ देखि स्थायी कमिटी बैठक बस्न सकेको छैन ।
यसअघि सहमतिका लागि भन्दै बिहीबार भएको छलफलमा स्थायी कमिटी बैठक टुङ्गाएर केन्द्रीय कमिटी बैठक बोलाउने सहमति बनेको बताइएको थियो ।
प्रतिक्रिया दिनुहोस्