
तेह्रथुम, साउन ३ । तेह्रथुममा त्यसै खेर गइरहेको बाँसलाई प्रयोगमा ल्याउन थालिएको छ ।
सामान्यतया दाउरा र घरायसी कामका लागिमात्र प्रयोग गरिँदै आएको बाँसलाई छथर गाउँपालिका पञ्चकन्याका युवाहरुले फर्निचरलगायतका सामान बनाउन थालेका हुन् ।
बाँसको प्रयोग बढ्न थालेपछि लाखौं मूल्य बराबरको कच्चापदार्थकोसमेत उपयोग भएको छ ।
घरेलु तथा साना उद्योगको सहयोगमा युवाहरुले गरिबी निवारणका लागि बाँस फर्निचर तालिम लिएपछि उत्पादन सुरु गरेका हुन् ।
हातमा सीप भयो भने घरमा नै आम्दानीको स्रोतको रुपमा बाँसका फर्निचरलाई लिन सकिने स्थानीय डिल्लीमाया भट्टराईले बताउनुभयो ।
ग्रामीण क्षेत्रमा प्रशस्त पाइने बाँस खेर गइरहँदा फर्निचरका सामग्री उत्पादन गर्ने सीप युवाहरुले पाएका छन् । बाँस फर्निचर उत्पादनबाट आय–आर्जनमा समेत टेवा पुगेको छ ।
यहाँका युवाहरुले बाँसबाट खाट, दराज, मुढा, किचन–र्याक, टेबुललगायत घरायसी प्रयोगका सामग्री बनाउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्