
फाइल तस्वीर । सूर्य थापाको फेसबुकबाट ।
काठमाडौं, साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
शनिबार दिउँसो ३ बजेर १० मिनेटमा बैठक सुरु भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
यसअघि, गएको असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषय उठेसँगै बैठक प्रभावित भएको छ ।
पटक–पटक मिति तोक्दै बैठक सारेर अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच भएका छलफलमा पनि सहमति हुनसकेको छैन ।
ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याउनुभएको छ भने दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले दुईमध्ये एक पद छोड्नुपर्ने अडान राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्