१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


५७ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या १७,५०२ पुग्यो


0
Shares

corona heath

काठमाडौं, साउन ३ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पतालबाट १०३ जना कोरोना निको भइ ‘डिस्चार्ज’ भएका छन् ।

अहिलेसम्म संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ११ हजार ६३७ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।

नेपालमा अहिलेसम्म कोरोनाभाइरसबाट ४० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा तीन हजार ३३१ ओटामात्रै ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हाल देशभर २३ हजार २७५ जना ‘क्वारेन्टिन’मा र पाँच हजार ८२५ जना ‘आइसोलेसन’मा रहेका जानकारी दिएको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 2077.04.03

Press Briefing on COVID-19 2077.04.03#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Saturday, July 18, 2020