
सांकेतिक ।
सर्लाही, साउन ३ । सर्लाहीका विभिन्न स्थानमा पानीमा डुबेर तीनजनाको मृत्यु भएको छ ।
गोडैता नगरपालिका–८ का २५ वर्षीय विकासकुमार दासको शनिबार बिहान घरनजिकै पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, वाग्मती नगरपालिका–६ की अम्बिका सुवेदीको शनिबार दिउँसो वाग्मती सिँचाइ आयोजनाको मानपुर शाखा नहरमा डुबेर मृत्यु भएको छ ।
महोत्तरी घर भइ सर्लाहीको हरिपूर्वा नगरपालिका–७, वसन्तपुर बस्ने सात वर्षीया चाँदनी कुमारीको नहरमा डुबेर मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्