२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रदेश–२ का ९८ स्थानीय तहमा बजेट अनिश्चित


0
Shares

प्रकाश लम्साल (इमेज)

बारा, साउन ३ । प्रदेश नम्बर–२ का ९८ स्थानीय तहले निर्धारित मितिमा बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

दलहरुबीचको विवाद, तहगत आर्थिक भागबन्डालगायतका कारणले समयमै बजेट प्रस्तुत हुन नसकेको हो ।

प्रदेशका १३६ मध्ये ३८ ओटा स्थानीय तहलेमात्र बजेट सार्वजनिक गरेका छन् ।

असार १० गतेभित्रै बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था भएपनि साउनको पहिलो सातामा पनि धेरैजसो स्थानीय तहले बजेट ल्याएका छैनन् ।

निर्धारित मितिमा बजेट प्रस्तुत भएसँगै स्थानीय तहको चालु आर्थिक वर्षको सबै काम प्रभावित बनेको छ ।

सात प्रदेशमध्ये सबैभन्दा कम प्रदेश–२ का २७ प्रतिशत स्थानीय तहलेमात्र बजेट प्रस्तुत गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।