१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाढी–पहिरोले तनहुँमा १० करोड बराबरको अन्नबाली नष्ट


0
Shares

tanahun flood

तनहुँ, साउन ३ । तनहुँमा केही दिनअघि आएको बाढी–पहिरोले करिब १० करोड रुपैयाँभन्दा बढीको अन्नबालीमा क्षति पुगेको अनुमान गरिएको छ ।

बाढीले पकेट क्षेत्रमा रहेका विभिन्न ठाउँहरूको अन्नबाली नष्ट गर्नुका साथै भर्खरै रोपाइँ गरेको खेतसमेत बगाएको छ ।

जिल्लाका साँगे, चुदी, ढोरफिर्दी, म्याग्देलगायतका ठाउँका खेतमा बाढी पस्दा धानखेती नष्ट भएको छ ।

कृषकले कतिपय टारीखेतहरुमा रोपाइँ सकाइसकेका थिए भने केही ठाउँमा रोप्ने तयारीमा थिए ।

रोपाइँ गरिएको करिब ६०० हेक्टरमा पूर्ण क्षति भएको र २०० हेक्टरमा आंशिक क्षति भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

तनहुँमा करिब १२ हजार हेक्टर छेत्रफलमा धानखेती हुने गरेको छ ।