
प्रदीप ज्ञवाली । फाइल तस्वीर ।
गुल्मी, साउन ३ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा सरकार परिवर्तनको कुनै औचित्य नरहेको बताउनुभएको छ ।
हिमालयन एअरलाइन्सले गुल्मी जिल्लाको लागि प्रदान गरेको ‘पीसीआर’ मेसिन हस्तान्तरण कार्यक्रममा शनिबार उहाँले पार्टी जोगाउनका लागि कोहीपनि जिम्मेवारी बोधबाट पन्छिएर दायाँ–बायाँ लाग्न नमिल्ने बताउनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले पार्टीमा उत्पन्न विवाद प्रतिलक्षित गर्दै भाँडाहरु एक ठाउँमा राखेपछि कहिले–काहीँ बज्ने बताउनुभयो ।
उहाँले नेकपाको एकता मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, राष्ट्रिय एकता र राष्ट्रियताको लडाइँजस्ता धेरै कुरासँग जोडिएको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्