१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोध गर्दै जनकपुरमा प्रदर्शन


0
Shares

janakpur kp oli

जनकपुर, साउन ३ । भगवान् श्रीरामको जन्मस्थलबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोध गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ ।

विश्व हिन्दु परिषद्, राधा माधव सेवा समिति जनकपुर, हिन्दु युवा परिषद् नेपाललगायतका आधादर्जन संघ–संस्थाले शनिबार विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री ओलीले सार्वजनिकरुपमा क्षमायाचनासहित आफ्ना अभिव्यक्ति फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

प्रधानमन्त्री ओलीले केही दिनअघि भगवान् श्रीरामको जन्म वीरगन्जनजिकको ठोरीमा भएको बताउनुभएको थियो ।