
पाँचथर । पाँचथरका सबै कोरोना संक्रमित निको भएर घर फर्केका छन् । गत जेठ ३ गतेयता कोरोना संक्रमण पुष्टि भएका सबै संक्रमित निको भएर घर फर्केको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ ।
हालसम्म फिदिम नगरपालिका, हिलिहाङ, तुम्वेवा र याङवरक गाँउपालिकाका ४ जनामा कोरोना ंसंक्रमण पुष्टि भएको थियो ।
जसमध्ये पहिलो संक्रमित दुईसाता अघि र बाँकी ३ जना पनि निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ कार्यालय प्रमूख नारदमणी सुवेदीले जानकारी दिनुभयो ।
उनीहरु सवै कुवेत, कतार र दुवईबाट फर्केका थिए । जिल्लामा हालसम्म ७ सय ८५ जनाको पिसिआर र २ हजार ३ सय जनाको आरडिटी विधिवाट कोरोना परिक्षण गरिएको छ ।
यसैबीच जिल्लाका सवै क्वारेन्टिनहरु खाली भएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्