२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सिरियामा आज संसदीय निर्वाचन हुँदै, २१ जना प्रतिस्पर्धामा


0
Shares

काठमाडौं । युद्धग्रस्त मुलुक सिरियामा आज संसदीय निर्वाचन हुँदैछ । निर्वाचनका लागि २१ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । जसमा पश्चिमी मुलुक अमेरिका र युरोपेली संघका सदस्यहरु समेत उम्मेदवार बनेका छन् ।

सिरियाका राष्ट्रपति बसर अल असदको सत्तारुढ बाथ पार्टीको अधिपत्य हुने सुनिश्चितता गरिएको निर्वाचनमा पनि सोही पार्टीको अत्याधिक बहुमत घोषणा गरिने बिश्लेषण गरिएको छ ।

सिरियामा चार बर्ष निर्वाचन हुने गरेतापनि राष्ट्रपति असदलाई आधिकारिकता दिलाउँदै बाथ पार्टीको अत्यधिक बहुमतको घोषणा हुने गरेको छ । गत अप्रिलमा हुने भनिएको संसदीय चुनाव कोरोना भाइरसका कारण मिती सरेको हो ।

सिरियाका लाखौं सर्वसाधारण शरणार्थीका रुपमा पलायन भएका कारण मतदानबाट बन्चित हुनेछन् । । एजेन्सी