२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत मात्र कोरोना संक्रमित


0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण गरिएका १४ प्रतिशतमा मात्र कोरोना पुष्टि भएको पाइएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमसहित प्रदेश बाहिरका प्रयोगशालामा थ्रोट स्वाबको नमुना संकलन गरी परीक्षण गरिएका १४ दशमलव १० प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

शनिबारसम्मको तथ्यांकअनुसार सुदूरपश्चिममा २८ हजार ५ सय ५० जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा ४ हजार २८ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये निको भएर घर फर्किनेको प्रतिशत धेरै रहेको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार संक्रमितमध्ये ४१ प्रतिशत निको भएर डिस्चार्ज भएका छन् ।

प्रदेशमा ८ जना संक्रमितको मृत्यु भएको छ । जुन कुल संक्रमितको शुन्य दशमलव १९ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी कैलालीमा नौँ सय ५४ जना संक्रमित भएका छन् ।

यस्तै अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा ५ सय ८६, कञ्चनपुरमा ४ सय ६३, डडेल्धुरामा २ सय ९५, बैतडीमा दुई सय ७६, बझाङमा १ सय ७३ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ ।