९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


एनसेलको फोरजी/एलटीई देशका हजार बढी स्थानमा


0
Shares

काठमाडौं, जेठ २० । एनसेलको फोरजी/एलटीई अब देशका एक हजार बढी स्थानहरुमा पुगेको छ ।

एनसेलले देशकै बृहत् चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ टर्म इभोलुसन (एलटीई) नेटवर्क थप विस्तार गरी देशका एक हजारभन्दा बढी स्थानहरुमा फोरजी सेवा पुर्‍याएको जनाएको छ ।

एनसेलले आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका एक हजारभन्दा बढी स्थानमा बसोबास गर्ने नेपालीहरुको पहुँचमा पुगेकोे घोषणा गरेको हो ।

अब प्रायः सबै सहर र सहरीक्षेत्रभन्दाबाहिर रहेका ग्राहकहरुको पनि द्रुतगतिको मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच पुगी यसले दिने नयाँ अवसरहरुबाट फाइदा लिनसक्ने कम्पनीले जनाएको छ ।