
फाइल फोटो
काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड सुचारु भएको तीन घण्टामै फेरि अवरुद्ध भएको छ ।
तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएपछि हिजो साँझदेखि एकतर्फी सवारी साधन चल्न थालेका थिए ।
तर, राति सवा आठ बजेपछि सोही ठाउँमा पहिरो खस्दा पुनः पूर्णरुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
शुक्रबार रातिदेखि रोकिएका सबै साधन पहिरो खसेको ठाउँ पार गरेर गन्तव्यतर्फ जान नपाउँदै पुनः सडक अवरुद्ध भएपछि सवारी साधनहरु फेरि सडकमै अलपत्र परेका छन् ।
शुक्रबार खसेको पहिरोले राजमार्गको बेसलाइन नै बगाएको छ । पहिरोले लु १ क ११७५ नम्बरको ट्रकसमेत पुरेको थियो । पहिरोले पुरेको ट्रकलाई शनिबार निकालिएको थियो ।
प्रतिक्रिया दिनुहोस्