
काठमाडौं । अबिरल बर्षाका कारण नारायणी नदिले जल सतहको तह पार गरेको भन्दै त्यहाँ वरपरका बासिन्दालाई सतर्क रहन अपील गरिएको छ ।
नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिएको जानकारी अनुसार नदीले अहिले सतर्कता तह पार गरेर ७ दशमलव ७ मिटर पुगेको छ ।
७ दशमलव ३ मिटर सतकर्ता तह रहेको नारायणी नदिमा अहिले जलस्तर बढेर ७ दशमलब ७ मिटर पुगेको हो ।
आज नै खतरा तह पुग्न सक्ने भएकाले चितवन र नवलपरासीका तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।
८ मिटर पानीको बहाव पुगेमा नारायणी नदिलाई खतराको लेबल मान्ने गरिन्छ । यसैबीच नारायणघाटकोे पुल्चोकमा गरिएको मापनमा पनि पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ ।
यहाँ ११ मिटर सतर्कता तह रहेकोमा अहिले पानीको सतह बढेर ११ दशमलव १२ मिटर पुगेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्