१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा चल्न थाले सार्वजनिक सवारी–साधन


0
Shares

bus

काठमाडौं, साउन ५ । काठमाडौं उपत्यकामा सोमबारबाट सार्वजनिक यातायात चल्न थालेका छन् ।

सवारी चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी–साधनहरुमा सामाजिक दुरी कार्यान्वयन गराउन निगरानी पनि बढाएको जनाएको छ ।

महाशाखाले ४५ ओटै ट्राफिक युनिटबाट ट्राफिक प्रहरी खटाउँदै अनुगमन बढाएको जनाएको हो ।

असार १ गतेबाट जोर–बिजोर प्रणाली सञ्चालनमा आएपछि नियम उल्लंघन गर्ने ६५ हजार २०० बढी निजी सवारी–साधनलाई कारबाही गरेको महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो ।

उहाँले नियम उल्लंघन गर्नेहरुको सवारी–साधनलाई तीन दिनसम्म ‘होल्ड’ गराइ कारबाही गरेको बताउनुभयो ।

महाशाखाकाअनुसार ‘लकडाउन’ अवधिमा एक लाख ३१ हजार ५०० बढी सवारी–साधन कारबाहीमा परेका छन् ।

लकडाउन खुकुलो भएसँगै उपत्यकामा दैनिक ३५ सय बढी सवारी–साधन भित्रिने गरेको पनि महाशाखाले जनाएको छ ।

सार्वजनिक सवारीमा भने जोर–बिजोर प्रणाली लागू नभएको पनि महाशाखाले प्रष्ट पारेको छ ।