१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घोडाघोडी नगरपालिकाको गाडीमा अज्ञात समुहद्धारा आगजनी


0
Shares

बिराज रोस्यारा,
कैलाली । कैलाली स्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको स्कारपियो गाडिमा गए राति अज्ञात समुह द्धारा आगजनी गरिएको हो ।

नगरपालिकाको कर्मचारी आवासको कम्पाउड भित्र पार्किङ गरिराखिएको से १ झ २४१ नं को गाडिमा अज्ञात समुह द्धारा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

उक्त गाडी उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्दै आउनुभएको थियो । आगलागीबाट गाडिको पछाडि पट्टिको भाग जलेको छ ।

साथै संगै नगरप्रमुख चढ्ने गाडी रहेपनि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा अर्को गाडी क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।