
कैलाली । आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले आज(मंगलबार) सुदुरपश्चिम बन्दको घोषणा गरको छ ।
झुट्टा मुद्दा लगाएर नेता कार्यकर्तालाई पक्राउ गरेको बिरोधमा सेती–महाकाली ब्यूरोले बन्दको घोषणा गरेको हो ।
बन्दको कारण जनजीवन प्रभावित भएको छ । यसैवीच, सुदूरपश्चिमका तीन मन्त्रालय र प्रदेश सभा सचिवालयमा समेत शंकास्पद बस्तु फेला परेको छ ।
कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेनीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो ।
उनीहरुका साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्