
सुरेन्द्र भण्डारी (इमेज)
झापा, साउन ६ । झापामा कार्यरत् दुईजना प्रहरीजवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकडभिट्टामा कार्यरत् दुई प्रहरीजवानमा कोरोना संक्रमण देखिएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाको मंगलबारको रिपोर्टअनुसार उनीहरुमा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिनुभयो ।
संक्रमित दुवैजनालाई उपचारका लागि मोरङको गोठगाउँ लगिएको चम्लगाईंले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्