
काठमाडौं । कोरोना भाईरसको महामारीले लामो समयदेखि रोकिएको नेपाली खेलकुद क्षेत्रले भदौं १ देखि गति लिने भएको छ ।
सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै भदौंबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु हुने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न अनुमति दिएको हो ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले हिजो पत्रकार सम्मेलनमा बोल्दै भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न सकिने बताउनुभयो ।
तर, पौडी पोखरी, जिमखाना लगायत हेल्थक्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति भने अर्को सूचना नआएसम्मको लागि बन्द रहनेछ ।
सरकारको निर्णयसँगै विश्वकप छनोट खेलिरहेको राष्ट्रिय फुटबल टिमले भदौं १ बाट प्रशिक्षण गर्न पाउने भएको छ ।
छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग आफ्नै मैदानमा खेल्न बाँकी छ । एसियन फुटबल फेडेरसन (एएफसी) ले छनोट अन्तर्गत बाँकी रहेको खेल अक्टोबर र नोभेम्बरमा गर्ने निर्णय गरिसकेको छ ।
सरकारले कोरोना संक्रमणको जोखिम घटाउन गत चैत ११ गतेदेखि लकडाउन लागु गरेपछि देशभरको खेलकुद ठप्प छ ।
प्रतिक्रिया दिनुहोस्