१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लकडाउन खुल्यो तर केही क्षेत्रमा प्रतिबन्ध कायमै: सरकारको यस्तो ‘चलाखी’


0
Shares

lockdown kathmandu valley

काठमाडौं । सरकारले गएरातिदेखि लकडाउन अन्त्य भएको बताएको छ ।

कोरोना भाईरसको संक्रमण निय्न्त्रण तथा रोकथामका लागि विगत १ सय २० दिनदेखि लगाईएको लकडाउन अन्त्य भएको औपचारिक घोषणा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री डा युवराज खतिवडाले गर्नुभएको हो ।

सरकारी घोषणाका बाबजुद व्यवहारमा भने केही प्रतिबन्ध यो महिनाको अन्त्यसम्म कायमै रहनेछन् ।

सरकारका प्रवक्ता खतिवडाले लकडाउन गएराति १२ बजेदेखि अन्त्य भएको बताएसँगै सवारी साधानमा जोर बिजोर प्रणाली हटेको छ । यसैगरी सरकारी कार्यालयहरु आजदेखि एक सिफ्टमा मात्रै संचालन हुनेछन् ।

कुन क्षेत्र कहिलेबाट संचालन ?

–सामूहिक भोज पार्टी, सेमिनार, वा अन्य सामूहिक भेलाबाहेक होटल, रेष्टुरेन्ट तथा ट्रेकिङ, ट्राभल र पर्वतारोहणका गतिविधि साउन १५ देखि सञ्चालन ।

–राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान र लामो दूरीको यातायात सेवासमेत भदौ १ देखि सञ्चालन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डअनुसार हुने गरी छोटो, मध्यम तथा लामो दूरीमा जिल्लाभित्र र अन्तर जिल्लामा सञ्चालन हुने गरी निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसमेत भदौ १ गतेबाट सञ्चालन ।

–अन्तर्राष्ट्रिय खेलकूदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलसमेत भदौ १ देखि नै सञ्चालन ।

–विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षाभदौ १ बाट सञ्चालन ।

विद्यालय कलेज, ट्युशन सेन्टर तालीम केन्द्र सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सबै प्रकारका प्रदर्शनी, भेला तथा सम्मेलन, सिनेमाहल, पार्टी, प्यालेस डान्सबार मनोरञ्जल स्थलहरु भने अर्को सूचना नआए सम्मका लागि सञ्चालनमा रोक ।

–सैलुन, ब्युटीपार्लर, स्विमिङपुल, जिमखाना, धार्मिक तथा सामाजिकस्थल, समूहमा खेलिने खेल, पुस्तकालय सङ्ग्रहालय चिडियाखाना पनि अर्को सूचना जारी नभएसम्मका लागि सञ्चालन गर्न पाइने छैन ।

–अन्तराष्ट्रिय सीमा नाकाको प्रतिबन्ध साउन ३२ गतेसम्म कायमै

राजश्व उठाउने दाउ

मुख्य क्षेत्र भदौ लागेपछि मात्रै खुल्ने भएपनि राजश्व संकलन प्रभावित हुन नदिन लकडाउन अन्त्य भएको घोषणा सरकारले गरेको अनुमान गरिएको छ ।

सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेको एक महिनाभित्र भ्याट, अन्तशुल्क, आयकर उठाउन सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चले लकडाउन अवधिलाई शून्य अवधि मानेर कर प्रशासनमा समेत यस्तो आदेश दिएपछि ढुकुटीमा जम्मा हुनु पर्ने ५२ अर्ब रुपैयाँभन्दा बढी रोकिएको छ ।

त्यसैले सरकारले केही प्रतिबन्धहरु कायमै राखेर लकडाउन अन्त्य भएको घोषणा गरेको स्रोतको दावी छ ।