२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


झापामा पहिरोले पुरीएर एक जनाको मृत्यु


0
Shares

झापा । बुद्धशान्ति गाउँपालिकामा पहिरोले पुरीएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले मेचीनगर–९ का १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जानकारी दिनुभयो ।

पहिरोले घर भत्काउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोका कारण वराइलीको घर भत्किदा तीलमाया वराइली, कल्पना वराइली र पृष्टिना बराइली घाइते भएका छन् ।

पहिरोका कारण सोही ठाउँका थप दुई घर जोखिममा परेपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ ।