१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्सामा यात्रा विवरणसमेत नभएका नौ जनामा कोराना संक्रमण


0
Shares

पर्सा । पर्सामा आज थप ९ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरीएको पीसीआर परीक्षणमा नौ जनामा संक्रमणको पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

संक्रमितहरु कोही वीरगन्जका स्थानीय र स्थायी ठेगाना अन्य जिल्ला भई विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरु भएको उहाँले बताउनुभयो ।

स्वेच्छाले परीक्षण गराएका उनीहरूको यात्रा विवरणसमेत नभएकाले निकै सचेत बन्नुपर्ने उहाँले बताउनुभएको छ ।