
झापा, साउन ७ । झापामा यौनजन्य अपराधका घटनामा कमी आएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा झापामा १२६ ओटा यौनजन्य अपराधका घटना घटेका छन् ।
यौनजन्य अपराधका घटनामध्ये जबर्जस्ती करणीका ८५, करणी उद्योगका २४ र बाल यौन दुर्व्यवहारलगायतका १७ ओटा घटना घटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
झापामा गत वर्ष १७४ ओटा यौनजन्य अपराधका घटना घटेका थिए ।
बिर्तामोड, भद्रपुर र दमक नगरपालिकामा यौनजन्य अपराधका घटना अधिक घट्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापामा ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा यौनजन्य अपराधका घटना बढी घट्ने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
यौनजन्य अपराधका घटनामा ९७ प्रतिशत चिनजानका मानिस संलग्न हुने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्