
काठमाडौं । यातायात व्यावसायीहरुले आज(विहीबार)बाट सार्वजनिक यातायातका साधन चलाउने भएका छन् ।
सरकारका प्रतिनिधि र यातायात व्यावसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुबिच पटक पटक भएको वार्ताले सहमति जुटाएपछि आजबाट सेवा दिन यातायात व्यावसायीहरु सहमत भएका हुन् ।
काठमाडौं उपत्यका लगायत देशैभर छोटो दुरीमा आजबाट सार्वजनिक सवारी साधान गुड्नेछन् ।
एक जिल्लाबाट अर्को जिल्लामा जान भने पाईने छैन । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपूर जिल्लामा आवतजावत गर्न रोक लगाईने छैन ।
यसैबिच, सरकारले लकडाउन अन्त्य गरेको बताएपनि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको छ ।
लामो दुरीका सवारी साधन तत्काल नखुलेकाले पास कायम रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सरकारले लामो दुरीका सवारी साधनलाई भदौ १ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्