
कैलाली । कोरोनाबाट संक्रमित गर्भवतीहरुका लागि नेपालमै पहिलो पटक धनगढीमा नमूना महिला होल्डिङ्ग र आइशोलेसन सेन्टर संचालनमा आएको छ ।
धनगढी उपमहानगरपालिकाद्वारा संचालित होल्डिङ्ग सेन्टर आज(विहीबार)बाट संचालनमा आएको हो ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले कोभिड–१९ का बेला सबैभन्दा बढी समस्या गर्भवतीहरुलाई हुने भएकोले नमूना आइसोलेसन सेन्टरको आवश्यकता रहको बताउनुभयो । ।
धनगढी उपमहानगरपालिकास्थित बी पोलिटेक्निक इन्स्टिच्युमा महिला होल्डिङ्ग र आइशोलेसन सेन्टरमा कोरोना पोजिटिभ र ननपोजिटिभ गरी दुई प्रकारले व्यवस्थापन गरिएको नगरप्रमुख नृपबहादुर वडले बताउनुभयो ।
महिला होल्डिङ्ग सेन्टरमा कोरोना नलागेका गर्भवती महिलालाई छुट्टै बस्ने व्यवस्थापनसमेत गरिएको छ । १० बेडसहित खाना, बस्न लगायतका सबै स्वास्थ्य सेवा उपलब्ध छ ।
गर्भवतीलाई अस्पतालसम्म लैजान अथवा अस्पतालबाट होल्डिङ्ग सेन्टरसम्मका लागि २४ सै घण्टा एम्बुलेन्स सेवा, नियमित चेकजाँच लागि २४ सैं घण्टा स्वास्थ्यकर्मी सेवालगायतका अन्य सुबिधा समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्