१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लमजुङमा सार्वजनिक सवारीसाधन चलेनन्


0
Shares

काठमाडौं । सरकारले लकडाउन फुकुवा गरे पनि लमजुङमा सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।

चार महिनाको लकडाउनपछि तत्कालै सवारीसाधन चलाउन सक्ने अवस्था नरहेको व्यवसायीहरुले बताएका छन् ।

पछिल्लो समय सरकारले स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेपनि लमजुङका व्यवसायीहरुले सवारी सञ्चालनमा तदारुकता नदेखाएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

लकडाउनमा थन्किएका सवारी साधन मर्मतमा ठूलो रकम लाग्ने र बैंक तथा वित्तीय कारोबारमा अर्को विकल्प नभएसम्म सवारी साधन चलाउन नसकिने लमजुङ कालिका सार्वजनिक यातायात समितिका सल्लाहकार मृगेन्द्र घिमिरले बताउनुभयो ।

सरकारले वित्तीय संस्थासँग समन्वय गरी कम्तीमा एक वर्षका लागि सहज बनाउन सकेमात्रै यातायात सुचारु गर्न सकिने व्यवसायीहरुको भनाइ छ ।