
विराटनगर, साउन ८ । विराटनगरस्थित विराट नर्सिङहोमका सञ्चालकले कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालको व्यापारमा गिरावट आउने भन्दै संक्रमण लुकाएको खुलेको छ ।
सञ्चालक चिकित्सकले नाम, ठेगाना र फोन नम्बर गलत दिएर कोरोना परीक्षण गराउन गएको खुलेको हो ।
उनलाई बुधबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
यता, सञ्चालक चिकित्सकलाई संक्रमण पुष्टि भएपछि नर्सिङहोम अनिश्चितकालका लागि ‘सिल’ गरिएको छ ।
बिहीबार विराटनगर महानगरपालिकाले सूचना टाँस गरेर अर्को सूचना नआउन्जेल अस्पताल सिल गरेको हो ।
प्रतिक्रिया दिनुहोस्