२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकाले लगायो चार जना चिनियाँलाई भिसा जालसाझी गरेको आरोप, तीन जना पक्राउ


0
Shares

काठमाडौं । अमेरिकाले चार चिनियाँ नागरिकमाथि भिसा जालसाझीको अभियोग लगाएको छ । चीनको सशस्त्र फौजसँगको सदस्यसताबारे ढाँटेर ती चिनियाँहरूले जालसाझी गरेको आरोप अमेरिकाले लगाएको हो ।

चारमध्ये तीनजनालाई पक्राउ गरिएको छ भने चौथो व्यक्तिलाई संघीइ जाँच ब्यूरो (एफबीआइ)ले खोजिरहेको छ ।

उनी सान फ्रान्सिस्कोस्थित चीनको वाणिज्य दूतावासमा रहेको बताइएको छ । एफबीआइका अधिकारीहरूले २५ वटा अमेरिकी शहरहरूमा चीनको सेनासँग अघोषित आबद्धता रहेका मानिसहरूसँग पनि अन्तर्वार्ता गरेको छ ।

अभियोजनकर्ताहरूले अमेरिकामा सेनाका वैज्ञानिकहरूलाई पठाउने चीनको योजनाअन्तर्गतको यो एउटा हिस्सा भएको बताएका छन् ।

अमेरिकाको न्याय मन्त्रालयका न्यायाधीवक्ता जोन सी डेमर्सले प्रेस विज्ञप्ति जारी गर्दै पिपल्स लिबरेसन आर्मीका सदस्यहरूले सेनासँगको आवद्धता लुकाएर अनुसन्धान भिसाका लागि निवेदन दिएको जनाएका छन् । एजेन्सी