१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशभर आगामी तीन दिनसम्म वर्षा हुने


0
Shares

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावका कारण मौसममा सुधार आउन अझै केहि दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकाले मौसममा सुधार हुन केहि दिन लाग्ने पूर्वानुमान गरिएको छ । बर्षा न्यून हुदै गएपनि देशभर आंशिकदेखि सामान्य बर्षाको क्रम जारी नै छ ।

महाशाखाका अनुसार बाग्मती ,गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा बर्षा जारी रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनसम्म यी स्थानमा भारी बर्षाको सम्भावना रहको पूर्वानुमान गरिएको छ ।