
काठमाडौं । सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं, डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद भारतीय नागरिकलाई एसिड प्रहार गरिएको अभियोगमा पक्राउ गरिएको हो ।
उनीहरुलाई नार्गजुन ४ सिर्जनसिल टोलबाट गएराति ११ बजे महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर सहितको प्रहरी टोलीले पक्राउ गरेको हो ।
युवतीले अर्को केटा मन पराएको भन्दै एसिड प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पक्राउ परेपछि मुन्नाले प्रहरीसँग दिएको प्रारम्भिक बयानमा साहु मोहमदको आग्रहमा एसिड हानेको बयान दिएका छन् ।
साहु मोहम्मदले यो कुरा स्विकारेका छन् । उनले युवतीले आफूसँग प्रेम नगरेको आरोप छ । युवतीले भने यसलाई अस्विकार गरेकी छिन् । उनले मोहम्मदलाई अभिभावकजस्तो मानेको बताएकी छिन् ।
उनीहरुले बिहीबार साँझ सितापाइलामा ओखलढुङ्गाकी २२ वर्षीय पवित्रा कार्कीमाथि तेजाब प्रहार गरेका थिए । युवतीको किर्तीपुरमा उपचार भइरहेको छ ।
अपराध महाशाखाका अनुसार उनीहरुले ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड युवतीलाई छ्यापेको खुलेको छ । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्