
काठमाडों । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमाङ्कनको काम नसकिँदासम्म विवादीत क्षेत्रमा कुनै गतिविधि नगर्ने सहमति भएपनि स्थानीयले त्यसको विरोध गरेका छन् ।
ब्रह्मदेवस्थित विवादीत क्षेत्रको निरीक्षण गर्दै दुबै देशका सुरक्षा अधिकारीले कुनै क्रियाकलाप नगर्ने सहमति गरेका थिए ।
भीमदत्त नगरपालिका ९ ब्रह्मदेवमा रहेको सिद्धनाथ सामुदायिक वन क्षेत्रमा तारवार गर्ने क्रममा भारतीय सुरक्षा बल एसएसबिले हस्तक्षेप गरेपछि स्थानीयले सहमति नमान्ने भन्दै त्यसको विरोध गरेका हुन् ।
वनको ब्लक नम्बर ४ मा तारवारका लागि पोल गाड्ने क्रममा एसएसबिले हस्तक्षेप गरेपछि आक्रोशित स्थानीयले आफैले तारवार गरेका थिए ।
नेपाली भूमीमा भारतीय पक्षले हस्तक्षेप गरेको भन्दै स्थानीयले वृक्षारोपण गर्ने समेत तयारी गरेका छन् । ब्रह्मदेव बजार नजिक पर्ने क्षेत्रमा वर्षेनी भारतीय पक्षले किचलो गर्दै आएको छ ।
नक्साङ्कनको काम नहुँदासम्म सो क्षेत्रलाई यथास्थितिमा राख्ने सहमति भएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्