१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पिएसजीले जित्यो १३ औँ पटक फ्रेन्च कपको उपाधि, नेइमारले गरे निर्णायक गोल


0
Shares

काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ ।

शुक्रबार राति भएको फाइनलमा १० खेलाडीमा सीमित भएको सेन्ट–इटिएनलाई १–० ले पराजित गरेर पिएसजीले उपाधि जितेको हो ।

घरेलु मैदानमा भएको खेलमा नेइमारले १४ औँ मिनेटमा गरेको गोल नै पिएसजीलाई उपाधि दिलाउन पर्याप्त भयो ।

३१ औं मिनेटमा लोइक पेरिनले सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि सेन्ट–इटिएन १० खेलाडीमा सीमित भयो ।

पिएसजीले १३ औँ पटक कपको उपाधि जितेको हो । यो खेलका लागि रंगशालामा केही दर्शकलाई उपस्थित हुन स्वीकृति दिइएको थियो ।

गएको अप्रिलमा कोरोना भाइरसको महामारीका कारण लिग टुंगिएपछि फ्रान्समा भएको यो पहिलो खेल हो ।

यो खेलमा केलियन एमबाप्पे चोटग्रस्त भएर मैदानबाट बाहिरिन बाध्य भए। रुँदै मैदानबाट बाहिरिएका एमबाप्पेलाई उपाधिको खुशीले केही राहत दिएको छ ।