
वीरगन्ज, साउन १० । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगन्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञापछि वीरगन्ज र आसपासको जनजीवन प्रभावित बनेको छ ।
निषेधाज्ञाले दैनिक ज्यालादारी गरी जीवन व्यतित गर्नेहरुलाई आर्थिक कठिनाइ हुने भएको छ ।
निषेधाज्ञापछि अत्यावश्कीय वस्तुबाहेकका सबै पसल, बजार तथा सवारी–साधनहरु पूर्णरुपमा ठप्प रहेका छन् ।
वीरगन्जमा अन्य जिल्लाबाट (विशेषगरी भारतबाट) आउन पूर्णप्रतिबन्ध लगाइउनुका साथै सीमामा कडाइ गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
निषेधाज्ञा जारी भएसँगै वीरगन्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घरबाहिर निस्कन प्रतिबन्ध लागेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
वीरगन्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएर समुदायस्तरमा फैलिएको छ । निषेधाज्ञा लागू भएपछि ‘पीसीआर’ परीक्षणलाई बढाउन माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्