
स्याङ्जा, साउन १० । स्याङ्जामा विद्यार्थीलाई निःशुल्क एभोकाडोका बिरुवा वितरण गरिएको छ ।
आँधीखोला गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका १८ ओटा विद्यालयका दुई हजार विद्यार्थीलाई निःशुल्क बिरुवा वितरण गरेको हो ।
विद्यार्थीहरूलाई १० हजार ७०० ओटा एभोकाडोको बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
विद्यार्थीलाई भविष्यमा आर्थिकरूपले सक्षम बनाउन व्यावसायिक खेतीतर्फ आकर्षित गराउन जोड दिइएको गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले बताउनुभयो ।
अहिले रोपेको बिरुवाले क्याम्पस पढ्ने बेलामा विद्यार्थीले आफ्नो शुल्क आफैं तिर्न सकून् भनेर बिरुवा वितरण गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्