२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


वीरगन्ज प्रवेशद्वारमा ‘फ्लेग टावर’


0
Shares

birgunj

वीरगन्ज, साउन १० । वीरगन्जको प्रमुख प्रवेशद्वार शंकराचार्य गेटको दक्षिणतर्फ राष्ट्रिय ध्वजासहितको ‘फ्लेग टावर’ स्थापना गरिएको छ ।

टावरको उद्घाटन गर्दै पर्सा क्षेत्र नम्बर–१ का सांसद प्रदीप यादवले प्रवेशबिन्दुमा राष्ट्रिय ध्वजासहितको फ्लेग टावर स्थापना गर्न पाउँदा गर्वको अनुभूति भएको बताउनुभयो ।

संसदीय विकास कोषबाट निर्माण गरिएको ११० फिट उचाइ भएको टावरले नेपाल प्रवेश गरेको सूचकको रुपमा भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

उहाँले मधेसी जनतालाई राष्ट्रियतासँग जोडेर जनतामा शंका उत्पन्न गराउने तत्वलाई राष्ट्रियध्वजा निर्माण गरेर चुनौती दिएको बताउनुभयो ।