
काठमाडौं, साउन १० । श्रीमती हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद भोगिरहेका पूर्वडीआईजी रञ्जन कोइरालालाई उन्मुक्ति दिने निर्णयपछि प्रधान्यायधीशविरुद्ध महाअभियोग लगाउनुपर्ने बहस भइरहेको बेला साझा पार्टीले भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई राजीनामा दिन सुझाएको छ ।
शनिबार काठमाडौंमा आायोजित विरोध र्यालीमा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानन्यायाधीशलाई राजीनामा दिन सुझाउनुभएको हो ।
न्यायालयको सम्मानको लागि महाअभियोग भने लगाउन उपयुक्त नहुने उहाँको भनाइ छ ।
‘न्यायका लागि साझा यात्रा’ नाम दिइएको र्यालीमा सहभागीहरुले ‘गैरन्यायिक फैसला चाहिँदैन, दोषीलाई उम्काउन पाइँदैन’, ‘गैरन्यायिक फैसला खारेज गर’, ‘घुसखोर, कमिसनखोर र बिचौलियालाई जेल हालौं’लगायतका नाराअंकित प्लेकार्ड बोकेका थिए ।
पार्टी कार्यालय ललितपुरको बखुन्डोलबाट माइतीघर मण्डलामा पुगे र्याली कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्