१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली भिक्षु सुगन्धलाई थाइल्यान्डका राजाद्वारा ‘फ्रा देवशाक्यवंशपण्डित’ पदवी प्रदान


52
Shares

thailand king

काठमाडौं, साउन १० । नेपाली भिक्षु सुगन्ध महास्थविर (डा.अनिलमान शाक्य)लाई थाइल्यान्डका राजा वाचिरालोंगकोनले अतिविशिष्ट धार्मिक महत्वको देवसम्मानसहितको गौरवनीय राजकीय सम्मानयुक्त ‘फ्रा देवशाक्यवंशपण्डित’ पदवी प्रदान गर्नुभएको छ ।

यही साउन ७ गते सो पदवी दिने निर्णय थाइ राजसंस्थाले गरेको र एक धार्मिक एवं राजकीय समारोहबीच सो पदवी पदान गरिएको हो ।

अब पद बढुवासँगै थाइल्यान्डका संघराजपछि भिक्षु सुगन्ध चौथो तहको भिक्षु बन्नुभएको छ ।

यसअघि, उहाँलाई ‘फ्रा शाक्यवंशविशुदि’ राजकीय सम्मानयुक्त पदवी प्रदान गरिएको थियो ।

लामो समयदेखि विभिन्न विश्वविद्यालयमा आवद्ध उहाँको बुद्धशासनिक योगदानलाई कदर गरी सो पदवी पदान गरिएको जनाइएको छ ।

बौद्ध देश थाइल्यान्डमा राजकीय सम्मानित पदवी संघराजा पद सर्वोच्च राजकीय सम्मानित पद मानिन्छ ।