६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मुख्यसचिबसहित २४८० सरकारी कर्मचारीको अवकाश हुँदै


0
Shares

काठमाडौं । मुख्य सचिब लोकदर्शन रेग्मीले कात्तिक ७ मा अनिवार्य अवकाश पाउनेछन् । नेपाल कानुन आयोगका सचिब चिरञ्जीवी खनालको कात्तिक २ मा अवकाश हुने भएको छ ।्

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिब गजेन्द्रप्रसाद भारी कात्तिक १ मा सरकारी सेवाबाट विदा हुने भएका छन् ।

परराष्ट्र सचिब शंकरदास बैरागी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिब मोहनकृष्ण सापकोटा असोज २२ गते एकै दिन अवकाश हुनेछन् ।

राष्ट्रिय सूचना आयोगका सचिब मणिराम ओझा कात्तिक २० मा बिदा हुनेछन् ।

यसरी आर्थिक बर्ष २०७७/७८ मा खुख्यसचिब रेग्मी र १९ सहसचिबसहित दुई हजार चार सय ८० कर्मचारीले अनिवार्य अवकाश पाउनेछन् ।

राष्ट्रिय किताब खाना(निजामती)ले सार्वजनिक सूचना जारी गर्दै चालू आर्थिक बर्षमा मुख्यसचिब रेग्मीसहित ठूलो संख्यामा कर्मचारीको अनिवार्य अवकाश ह्ँदै गरेको जानकारी गराइएको हो । -अन्नपूर्ण पोष्ट दैनिकबाट