१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जर्मनीमा माइक्रोलाइट विमान घरमा ठोक्कियो, तीन जनाको मृत्यु


0
Shares

काठमाडौं । जर्मनीमा एउटा सानो आकारको विमान घरमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

स्थानीय अधिकारीका अनुसार जर्मनीको उत्तर–पश्चिमी क्षेत्र वेसेलमा माइक्रोलाइट विमान घरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।

विमानमा दुईजना रहेको हुन सक्ने जनाइएको छ । मृतक अर्का एक जनाबारे केही खुलाइएको छैन ।

दुर्घटनामा एक बालक घाइते भएका छन् । विमान ठोक्किएको घरमा छानोमा क्षति पुगेको छ । सो विमान मार्लेबाट उडेको थियो । (एजेन्सी)