१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वडीआईजी कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्धको पुनरावलोकनको सुनुवाई हुँदै


0
Shares

ranjan koirala, supreme court DIG justice

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आज सुनुवाई हुने भएको छ ।

यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन आज पेशीमा चढ्ने बताइएको छ । संयुक्त इजलासको फैसलाविरुद्ध सरकारले दर्ता गरेको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतका तीन जना न्यायाधीशले सुनुवाइ गर्नुपर्नेछ ।

पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशहरुको इजलासबाट सुनुवाइ हुनेछ ।

प्रधानन्यायाधीश आफैंले गरेको फैसला भएकाले यो पुनरावलोकन मुद्दाको पेशी र इजलास दुवै उनले तोक्न नमल्निे न्यायालयका जानकारहरु बताउँछन् ।

पूर्व डीआईजी कोइरालाले २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन मकवानपुरको पालुङमा शव जलाएका थिए ।

सो मुद्दामा जिल्ला अदालत र पुनरावेदन अदालतले उनलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर सर्वोच्च अदालतले भने १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो ।

सर्वोच्चको सो फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् । सर्वोच्चको सो फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सोही दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।