१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टेक्ससमा सामुद्रिक आँधीः घरका छाना उडाए, हुरी र ठूलो वर्षाको चेतावनी


0
Shares

काठमाडौं । हाना नाम दिइएको एउटा समुद्री आँधी अमेरिकी राज्य टेक्ससको दक्षिण भेगमा आएसंगै अधिकारीहरूले त्यस भेगमा घातक आँधी, हुरी र ठूलो वर्षाको चेतावनी दिएका छन् ।

शनिवार नै हाना समुद्री आँधी पड्री टापुमा बज्रिएको थियो । जसले कोर्पस क्रिस्टी र ब्राउन्सभिल शहरमा प्रभाव जमाइरहेको छ ।

यो आन्ध्र महासागरमा तुफान आउने याममा विकसित पहिलो समुद्री आँधी हो । प्रतिघण्टा १ सय ४५ किलोमिटरसम्मको वेगमा आएको आँधीले घरहरूका छाना उडाएको छ ।

कोभिड १९ को सबैभन्दा उच्च चुनौती झेलिरहेको भागमा त्यसको प्रभाव बढिरहँदा यो चुनौती झन् जटिल बनेको छ ।

घातक आँधी टेक्ससको तटमा पोर्ट म्यान्सफिल्डदेखि सर्जेन्टसम्म फैलने भन्दै मानिसहरूलाई सजग गराएको छ । एजेन्सी