
काठमाडौं । अमेरिकाको सियाटललगायत अस्टिन शहरमा जातीय विभेदविरुद्ध भएको प्रदर्शनमा प्रहरी र प्रदशर्नकारीबीच झडप भएको छ ।
प्रदर्शनकै क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । झडपका क्रममा २१ जना सुरक्षाकर्मी घाइते भएका छन् । सोही क्रममा ४५ जना प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।
अमेरिकामा अस्वेत नागरिक जर्ज फ्लोएड मृत्यु प्रकरणपछि प्रहरीको ज्यादती र जातीय विभेदविरुद्धका प्रदर्शनहरु अझै रोकिएका छैनन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्