
काठमाडौं । वाट्फोर्ड र बर्नमाउथ इंग्लीश प्रिमियर डिभिजनबाट घटुवामा परेका छन् । गएराति भएको सिजनका अन्तिम खेलमा आर्सनलसँग ३–२ ले पराजित भएसँगै तालिकाको १९ औ स्थानमा रहेको वाट्फोर्ड रेलिगेशनमा परेको हो ।
गएराति एभर्टनलाई ३–१ ले हराएपनि १८ औं स्थानको बर्नमाउथ जोगिन सकेन । १७ औं स्थानको एस्टन भिल्लाले वेष्ट ह्याम युनाईटेडसँग १–१ गोलको बराबरी खेलेपछि बर्नमाउथ च्याम्पियनसिपमा झरेको हो ।
पुछारमा रहेको नरिच सिटी यसअघि नैं रेलिगेशनमा परिसकेको छ । यो सिजन प्रिमियर लिगबाट च्यानम्पियन लिभरपुल र दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँगै तेस्रो स्थानको म्यान्चेस्टर युनाईटेड र चौथो स्थानको चेल्सी पनि च्याम्पियन्स लिगमा छनौट भएका छन् ।
गएराति म्यान्चेस्टर युनाईटेडसँग २–० ले पराजित लेष्टर सिटी भने पाँचौ स्थानमा समिेटिदै युरोपा लिगमा सिमित भएको छ ।
प्रिमियर लिगअन्तर्गत गएराती खेलहरुमा लिभरपुलले न्युकासल युनाईटेडलाई ३–१ ले हराउँदा म्यान सिटीले नरिच सिटीमाथि ५–० को जित निकाल्यो ।
चेल्सीले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले पराजित गर्दा टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसँग १–१ गोलको बराबरी खेल्यो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्