
पोखरा, साउन १२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गण्डकी प्रदेशसभाको सोमबारको बैठक अवरुद्ध गरेको छ ।
असार २३ गते दर्ता गराएको संकल्प प्रस्ताव बैठकको कार्यसूचीमा राख्न माग गर्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो ।
एक घर एक पीसीआरलगायत माग राख्दै कांग्रेसले पहिलोपल्ट संकल्प प्रस्ताव दर्ता गराएको थियो ।
संसदमा दर्ता भएको संकल्प प्रस्ताव कार्यसूचीमा नराखेसम्म सदन अवरुद्ध गर्ने कांग्रेसको अडान छ ।
उक्त प्रस्ताव दर्ता भएको एक सातापछि सदनमा छलफलका लागि प्रस्तुत हुने प्रावधान छ । त्यसैअनुसार साउन ७ गते बस्ने बैठकको कार्यसूचीमा उक्त प्रस्तावलाई राखिएको थियो ।
तर, तयारी नपुगेको भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची परिवर्तन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्