१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा स्थायी कमिटीको बैठक बस्दै, ओली सहमतिमा नआए बहुमतबाटै अघि बढ्ने तयारी


0
Shares

NCP standing comittee meeting

काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक आज वस्दैछ ।

मुलुकमा प्राकृतीक विपत्तिका कारण देशभर समस्या भएको भन्दै पछिल्लो पटक एक साताको लागि बैठक स्थगित गरिएको थियो ।

यसअघि हिजो पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको ओली इतर समुहको भेलाले स्थायी कमिटीको बैठक नरोक्ने र बहुमतकै आधारमा निर्णय गरेर जाने निष्कर्ष निकालेको थियो ।

भेलाले आज बिहान ११ बजेका लागि तय भएको स्थायी कमिटी बैठक नरोक्ने र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहमतिमा नआए बहुमतबाटै निर्णय गरेर अघि बढ्ने निष्कर्ष निकालेको हो ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार स्थायी कमिटीको बैठक अघि आज पनि दुई अध्यक्षहरु ओली र दाहालबिच छलफल हुनेछ ।