१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘कोरम’ नपुग्दा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित


0
Shares

politics

काठमाडौं, साउन १३ । गणपुरक संख्या (कोरम) नपुगेपछि प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागको प्रगति विवरण र आगामी कार्ययोजनाकाबारेमा छलफल गर्न मंगलबार बोलाइएको बैठक कोरम नपुग्दा स्थगित भएको हो ।

धेरै सांसदहरु आफ्नो गृहजिल्ला गएको र सहभागी हुने जानकारी गराएका सांसदसमेत उपस्थित नहुँदा बैठक स्थगित गर्नुपरेको समिति सभापति पवित्रा निरौला खरेलले बताउनुभयो ।

केही सांसदहरु भने स्वास्थ्य सुरुक्षाका कारण देखाउँदै बैठकमा उपस्थित नभएको बताइएको छ ।

समिति सभापति खरेलले भने सुरक्षा सतर्कता अपनाएर ठूलो हलमा बैठक सञ्चालन गर्ने तयारी भएपनि सम्भव नभएको बताउनुभयो ।

कोभिड–१९ का कारण सामाजिक दुरी कायम गरेर बैठक सञ्चालन गर्न पर्याप्त ठाउँ नभएको उल्लेख गर्दै उहाँले कोरम पुग्नेगरी समितिकै हलमा बैठक सञ्चालन गर्न सकिने अवस्था नभएपछि सांसदहरु सहभागी नभएको बताउनुभयो ।

कोरम संख्या नपुगेर आजसम्म बैठक स्थगित नभएपनि पहिलोपटक यस्तो भएको उहाँले बताउनुभयो ।